Dhulikhel Eco Banner new

बैतडीको झुलाघाट सडकमा जिप दुर्घटना, चारजना घाइते

5.17K
shares

काठमाडौं, १६ जेठ । बैतडी(झुलाघाट खण्डमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बैतडीको गोठालापानीबाट झुलाघाट जाँदै गरेको सु प्र प्र ०१ ज १५०० नम्बरको जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। जिप सडकबाट ५० मिटर तल खसेर भिरमा अड्किएको छ।

दुर्घटनामा चालकसमेत घाइते भएका छन् भने दुर्घटनाको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जिपमा एकजना महिला च्यापिएर आधा घण्टापछि उद्धार गरेर अस्पताल लगिएको स्थानीय स्वास्थ्यकर्मी सुरज भट्टले बताए।