श्रीकृष्ण जन्माष्टमी देशभर मनाइदै
वि.सं.२०८१ भदौ १० सोमवार १०:१९
shares

काठमाडौं, १० भदौ । श्रीकृष्ण जन्माष्टमी पर्व आज सोमबार,भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।
आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो।



















