Dhulikhel Eco Banner new

कुमारी सुनौलो लगानी योजनाले प्रतिफल वितरण गर्ने घोषणा

3.52K
shares

काठमाडौ, ११ भदौ । कुमारी सुनौलो लगानी योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

भदौ १० गते बसेको योजनाको योजना व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

योजनाले कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनार्थ योजनाले आज अर्थात भदौ ११ गते बुकक्लोज गर्ने भएको छ।