Dhulikhel Eco Banner new

सीडीएससीको सीईओमा पन्दाक नियुक्त

4.23K
shares

काठमाडौं, १५ पुस । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।