Dhulikhel Eco Banner new

बीमा प्राधिकरण अध्यक्षलाई इमानको सम्मान

4.03K
shares

काठमाडौं, १० चैत । नेपाल बीमा प्राधिकरणका कार्यकारी अध्यक्ष शरद ओझालाई आर्थिक मिडियाहरुको छाता संस्था इमोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले स्वागत तथा सम्मान गरेको छ । आइतवार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच इमानले सम्मान पत्रसहित अध्यक्ष ओझालाई सम्मान गरेको हो ।

बीमा क्षेत्रकै नियामक निकायको नेतृत्वमा पुगेका ओझा पूर्व आर्थिक पत्रकार हुन् । आर्थिक पत्रकारितमा सकृय रहेका ओझालाई नेपाल सरकारले बीमा क्षेत्रको नियामक निकायको नेतृत्व सुम्पिएको थियो ।

लामो समय आर्थिक पत्रकारितामार्फत योगदान गरेर हाल नियामक निकायको नेृतृत्वमा पुग्नु आर्थिक पत्रकारहरुका लागि खुसीको कुरा भएकाले सम्मान गरिएको इमानका अध्यक्ष रोयल आचार्यले बताए । अध्यक्ष ओझाले आफूलाई सम्मान गरेकोमा इमानलाई धन्यबाद दिदै बीमा क्षेत्रलाई थप वलियो बनाउन, बीमको पहुँच बढाउन आफ्नो भूमिका रहने बताएका छन् ।