राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
वि.सं.२०८२ असार ३१ मंगलवार १०:५२
shares

काठमाडौं, ३१ असार । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी गरिएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको थियो।
शर्माको कार्यकाल चार वर्षको हुनेछ। अध्यक्ष नियुक्त नभएसम्म प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवले सम्हाल्दै आएका थिए।
नवनियुक्त अध्यक्ष शर्मा यसअघि राष्ट्रिय सहकारी बोर्डमा सदस्य सचिवको भूमिकामा कार्यरत थिए।



















