शुरू भयो बडादशैं, आज जमरा राख्ने दिन
वि.सं.२०८२ असोज ६ सोमवार १०:१८
shares

काठमाडौं, ६ असोज । हिन्दूहरूको महान् चाड बडादशैं असोज ६ गतेबाट सुरु भएको छ । घटस्थापना वैदिक विधिअनुसार आज बिहानै दियो, कलश र गणेश स्थापना गरी जमीनमा माटो हालेर जौ, गहु, इत्यादी छरेर जमरा राख्ने चलन रहेको छ।
यसरी राखिएको जमरालाई दशैंको दशौं दिन विजया दशमीमा देवीको प्रसादका रूपमा लगाइने परम्परा छ। विजया दशमीको प्रारम्भिक दिनका रूपमा मनाइने घटस्थापनाका दिन घर–घरमा जमरा राखी देवीको पूजाआराधना गर्ने गरिन्छ।
दशैंलाई परिवार तथा आफन्तबीचको मेलमिलाप र खुसी साटासाट गर्ने पर्वका रूपमा पनि लिइन्छ। यस चाडमा दुर्गा भुक्तिले शक्तिको आराधना गर्दै दुर्गा पक्षको नवरात्र प्रारम्भ गर्ने गरिन्छ।



















