पुस १५ गते तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा
वि.सं.२०८२ पुस १४ सोमवार १७:३२
shares

काठमाडौं, १४ पुस । देशभर भोलि पुस १५ गते गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार श्रद्वा, उत्साह र उल्लासका साथ मनाईदै छ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको रुपमा मनाउने ऐतिहासिक तथा सांस्कृतिक पर्व हो ।
यस अवसरमा नेपाल सरकारले तमु ल्होसारको सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको जारी सुचना अनुसार उक्त दिन सरकारी कार्यालय, सार्वजनिक संघ सस्था तथा शैक्षिक संस्थाहरु, बैंक तथा वित्तीय कार्यालय र शेयर बजार पनि बन्द रहनेछ ।
तमु ल्होसारका अवसरमा गुरुङ समुदायले परम्परागत नृत्य, संगित तथा सांस्कृतिक कार्यकममार्फत नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । यस पर्वले आपसि सदभाव ,सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास लिइन्छ ।



















