वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
वि.सं.२०८२ पुस २५ शुक्रवार ११:५८
shares

काठमाडौं, २५ पुस । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।
हाल वाटर इनर्जी सोलुसन लिमिटेड इलाम जिल्लामा ८।३ मेगावाट क्षमताको ‘अप्पर देउमाइ खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत प्रणालीमा विद्युत आपूर्ति थप हुने विश्वास कम्पनीले लिएको छ।
आईपीओ निष्कासनमार्फत संकलित पुँजी आयोजनाको निर्माण तथा अन्य आवश्यक लगानीमा उपयोग गरिने कम्पनीको भनाइ छ।















