Dhulikhel Eco Banner new

नागरिक दैनिकमा तालाबन्दी

6.4K
shares

काठमाडौं, १४ माघ । नेपाल पत्रकार महासंघले पत्रकारलाई लामो समयदेखि तलब नदिएको आरोप लगाउँदै नागरिक दैनिकको कार्यालयमा तालाबन्दी गरेको छ। महासंघका केन्द्रीय सदस्य विरेन्द्र वलीका अनुसार पत्रकारहरूको पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै व्यवस्थापनले तलब नदिँदै आएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो।

उनले पत्रकारको श्रमको सम्मान गर्दै तत्काल बाँकी तलब भुक्तानी गर्न महासंघले माग गरेको बताए। समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत महासंघले दिएको छ।