Dhulikhel Eco Banner new

नेशनल लाईफ इन्स्योरेन्सद्वारा १ दिने अभिकर्ता तालिम सम्पन्न

4.56K
shares

काठमाडौं, १६ माघ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना “मन्थन २०८२” अन्तर्गत बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरुको लागि १ दिने तालिम सम्पन्न गरेको छ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा धुलिखेलस्थित होटल सारथीमा छनौट भएका २८० जना अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरे। तालिममा प्रशिक्षकले विभिन्न उदाहरणका माध्यमबाट एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे मार्गदर्शन गरेका थिए।

उप प्रमुख कार्यकारी अधिकृत कडेलले भने, “कम्पनीमा आबद्ध अभिकर्ताहरुको पेशागत दक्षता अभिवृद्धि गर्न मासिक तथा वार्षिक योजना जारी गर्दै आएका छौं। यस योजनाबाट अभिकर्ताहरुले उत्कृष्ट प्रशिक्षण प्राप्त गरी आफ्नो पेशालाई व्यवसायिक बनाउने अवसर पाउनेछन्।”

कम्पनीका अनुसार देशभरबाट ७०० भन्दा बढी अभिकर्ता छनोट हुनु यस योजनाको सफलता प्रमाणित गर्दछ। कार्यक्रममा शाखास्तरीय प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरुलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस्ता तालिमले अभिकर्ताहरुलाई प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल बनाउन मद्दत पुग्ने बताए। सहभागी अभिकर्ताहरुले तालिमबाट आफ्नो पेशामा प्रगति गर्ने प्रेरणा प्राप्त भएको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको मूल्यांकन भएको अनुभव व्यक्त गरे।