दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ माघ १८ आइतवार १५:१७
shares

काठमाडौं, १८ माघ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.८५ अंकले घटेर २,६९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् भने एनआइबिएल ग्रोथ फन्डका लगानीकर्तालेृ ६.५१ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् भने आखुखोला जलविद्युतका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् ।
















