शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ माघ १८ आइतवार १५:३०
shares

काठमाडौं, १८ माघ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.८५ अंकले घटेर २,६९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन रावा इनर्जीका लगानीकर्ताले ९.३४ प्रतिशतका दरले गुमाएका छन् भने कालीका पावरका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, हिमस्टार उर्जाका लगानीकर्ताले ६.६५ प्रतिशतका दरले गुमाएका छन् भने ट्रेड टावरका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले गुमाएका छन् ।
















