शेयर बजारमा ९ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ १८ आइतवार १५:३६
1.13K
shares
shares

काठमाडौं, १८ माघ । शेयर बजारमा ९ अर्ब १० करोडको कारोबार हुँदा आँखुखेला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको ३८ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको ३७ करोड ११ लाख रुपैयाँ कारोबार भएको छ भने शिवश्री हाइड्रोपावरको ३१ करोड ३९ लाख रुपैयाँ कारोबार भएको छ ।
















