सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार सुरु हुने
वि.सं.२०८२ फागुन १ शुक्रवार १५:१३
4.73K
shares
shares

काठमाडौं, १ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सालपा विकास बैंकको आईपीओ शुक्रवार सूचीकृत भएको छ। कम्पनीको कुल ५२ लाख २३ हजार ८ सय ८० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
शेयर सूचीकृत भइसकेपछि, आगामी कारोबारको दिनदेखि उक्त शेयरमा कारोबार सुरु हुनेछ। कम्पनीको शेयर सिम्बल SABBL रहेको छ।
नेप्सेले सालपा विकास बैंकको सुरुवाती कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ। आगामी सोमबारबाट शेयर बजारमा उक्त शेयरको कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ।



















