Dhulikhel Eco Banner new

सूर्यकुण्ड हाईड्रो घाटाबाट नाफामा, हेर्नुस् अन्य सूचक कस्तो ?

4.37K
shares

काठमाडौं, ३ फागुन । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा आर्जन गर्दै आफ्नो वित्तीय स्थिति सुधार गरेको छ। कम्पनीले सो अवधिमा २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा ९ लाख २१ हजार रुपैयाँ घाटामा रहेको भन्दा उल्लेखनीय सुधार हो।

विद्युत बिक्रीमार्फत कम्पनीले १३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। तर, प्रशासनिक खर्च ४८ हजारबाट बढेर ५२ लाख ६८ हजार पुगेको छ भने ह्रासकट्टी खर्च ८ लाख ७२ हजारबाट चार करोड ७६ लाखसम्म पुगेको छ। कम्पनीको वित्तीय खर्च भने ६ करोड ८४ लाख कायम भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको वित्तीय सूचकांकअनुसार, प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९४.९१ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत रहेको छ।

कम्पनीले घाटाबाट नाफामा जाने क्रममा आफ्नो व्यवस्थापन क्षमता र आर्थिक योजना प्रभावकारी रहेको संकेत गरेको छ।