Dhulikhel Eco Banner new

हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने

4.15K
shares

काठमाडौं, १९ फागुन । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडले आगामी चैत १२ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले पर्साको वीरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो।

साधारणसभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। सार्वजनिक निष्काशनमार्फत शेयर जारी गर्ने क्रममा आवश्यक कागजात तयारी तथा नियमनकारी निकायहरूसँग पत्राचार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिने जनाइएको छ।

त्यस्तै, कम्पनीको नाम परिवर्तन गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि सभाको विशेष प्रस्तावमा समावेश गरिएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, गत आवमा सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने तथा कार्यकारी प्रबन्ध सञ्चालकको तलब–भत्ता निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने कम्पनीले जनाएको छ।