Dhulikhel Eco Banner new

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

4.04K
shares

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार सोल्टी होटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड को बोनस शेयर फागुन १७ गते सूचीकृत गरिएको हो।

सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता शेयर नेप्सेमा थपिएको छ। यस्तै, अपी पावरको ५ प्रतिशत बोनस शेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता शेयर सूचीकृत भएका छन्।

कम्पनीहरूको वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेप्सेमा सूचीकृत भई सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड मा दर्ता भएपछि सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिने व्यवस्था छ। डिम्याट खातामा बोनस शेयर प्राप्त भएपछि लगानीकर्ताले उक्त शेयरको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।