Dhulikhel Eco Banner new

नयाँ सञ्चालक समिति गठन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर, असार १८ मा विशेष साधारणसभा

962
shares

काठमाडौं, २ असार । नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले असार १८ गते विशेष साधारणसभा बोलाएको छ ।

असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विभा कम्प्लेक्स, छैठौं तला, मध्यपुर ठिमी, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले नयाँ सञ्चालक समिति गठन गर्ने र हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने सम्बन्धमा निर्णय गर्नेछ । कम्पनीले सार्वजनिक गरेको सूचनामा बुक क्लोजबारे भने कुनै जानकारी दिएको छैन ।