Dhulikhel Eco Banner new

विजय लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने

663
shares

काठमाडौं, १ असार । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसका लागि असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिनको १ बजे साधारणसभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

स्वतन्त्र सञ्चालक नियुक्तीको विषय जानकारी गराउने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कायम चुक्तापूँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । उल्लेखित प्रस्तावहरूसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।