Dhulikhel Eco Banner new

निरिह सरकार, मारमा व्यावसायी

8.01K
shares

जनताको सेवा गर्ने र जनहितमा जीवन समर्पित गर्ने बाचा र कसम खाएर राजनैतिक नेतृत्वमा होमिएका राजनैनिक दलका नेतृत्वले सत्ताको रस्वादानमा चुर्लुम्म डुबेपछि आफ्ना बाचा र कसमहरुलाई चुर्लुम्मै भुल्ने अनि आआफ्नै डम्फुको तालमा बौरिने गरेका छन् जसका बाबजुद नेपाली जनताले दुःख कष्ट बाधा व्याबधान रोग शोक भोकले ग्रस्त हुन बाध्य बनेका छन् ।

जनताको चाहनालाई कुना कन्तरामा फ्याकेर आ–आफ्नै दुनो सोझ्याउन नेतृत्वमा रहेका नेतागणहरु तल्लिन रहेकै कारणले आज राजनीतिक दलहरुप्रति जनातको वितृष्णा निकै बढेको छ । जसको फलस्वरुप हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले नै देखाएको छ । जनजनको मनमा बस्न असफल राजनैतिक दल र यिनका बृद्ध अवस्थामा पुगेका नेतृत्व वर्गले बिश्राम नलिएसम्म नेपाल र नेपाली जनताले चाहे बमोजिमको शासन व्यवस्था आउने सम्भावना देखिदैन । त्यसैले पनि अब आगामी निर्वाचन मार्फत देशको बागडोर यूवा पङ्तिलाई सुम्पिनु जरुरी छ ।

जनभावना एकातिर हुँदाका बखत सरकार अर्कोतिर फर्किएर आम उपभोक्ता एबम् व्यावसायीको भावना बिपरित आफ्ना आफन्त र भाइदार मोटाउने खालका आर्थिक नीतिहरु तर्जुमा गर्नमा भरपुर समय खर्चिएर सरकार एबम् राष्ट्र बैकका गभर्नरले देखाएको निरिहताले आम व्यापारी व्यावसायीमा नैराश्यता फैलाएको छ ।

जसका कारण व्यापारी र व्याबसायीको आत्मबल समेत गिर्न पुगेको छ । व्यापारी व्याबसायीलाई राहात र सहुलियत दिनुपर्ने समयमा सरकार स्वयम् अफाबह फैलाई राज्यलाई नै आतङ्कित बनाई रहेको छ । यस तर्फ हामी सम्पूर्ण व्यावसायी सचेत हुनु जरुरी छ । व्यापारी व्यावसायीको अभिभापकको भुमिका निभाउनु पर्ने सरकार आफ्नो कुर्सि जोगाउने बहानामा जुनसुकै हथकण्डा अपनाउन पछि नपर्ने र जनतामा करका भार मात्रै थोपर्दै जाने परम्परा तत्कालै बन्द हुनु पर्छ ।

आम जनताले अमनचयनका साथ आ–अनफ्नो पेशा व्यावसाय गरेर खाने वातावरण सरकारले तय गर्नु पर्छ । अहिले आमा सर्वसाधारणको चाहाना यहि रहेको छ । सरकारले आयातलाई निरुत्साहित गर्दै गर्दा औद्योगिक तथा लगानी मैत्री वातावरण तयार गर्नु पर्नेमा सरकारले त्यसतर्फ चासो दिएको देखिदैन् ।

कच्चापदार्थ लगायत औद्योगिक समाग्रीमा भन्सार सहुलियत दिई उत्पादन बृद्धिमा सहयोगी बन्नु सरकारको मुख्य दायित्व हुनु पर्छ । साना व्यापारी व्यावसायी लक्षित मौद्रिक नीति ल्याएर कोरोना कहरले थलापरेका व्यवसायीलाई राहात प्रदान गर्नु पर्ने हुन्छ । यसका साथै युवा वर्ग लक्षित कार्यक्रम ल्याएर देशमा नै स्वरोजगार सिर्जना गर्ने नीति अहिलेको आवश्यकता हो ।