Dhulikhel Eco Banner new

खुट्टाको साईज अनुसार परिवर्तन हुने जुत्ता, अनि आफै बाँधिन्छ तुना

6.03K
shares

काठमाडौं, ३ साउन । प्रविधिको विकासले धेरै कामलाई सहज बनाउँदै लगेको छ । अहिलेको पुस्ता प्रविधिमा निकैनै अगाडि बढेको छ । कुनै समय थियो एक ठाउँबाट अर्को ठाउँमा खबर पठाउनु पर्‍यो भने परेवाको प्रयोग गर्नु पर्ने ।

सूचना आदानप्रदानको त्यो सुरुवाती चरण थियो । अहिलेका धेरै व्यक्तिहरुलाई त्यो कथा जस्तो लाग्छ । अनि पुराना पुस्तालाई अहिलेको प्रविधिको कुरा गर्दा उनीहरुलाई पनि सपना जस्तै लाग्छ । प्रविधिको विकासले अब जुत्ताका तुना समेत जुत्ता आफैले बाँधिदिने भएको छ ।

स्मार्टफोन, स्मार्टवाच तथा अन्य स्मार्ट प्रविधिको प्रयोग त भइरहेको थियो । अब भने स्मार्ट जुत्ता पनि निर्माण भएको छ । स्मार्ट प्रविधिको प्रयोग गरेर चर्चित जुत्ता ब्राण्ड नाइकले स्माट जुत्ता सार्वजनिक गरेको हो ।

जुत्ता स्मार्ट तथा पूर्णरुपमा अटोमेटिक रहेको छ । यो जुत्ताले रोबोटले जस्तै आफ्नो तुना आफैले बाँध्दछ । उक्त जुत्तामा ब्लुटुथ कनेक्टिभिटी समेत रहेको छ । अब जुत्ताको तुना बध्ने झन्झटबाट समेत युवा पुस्ताहरु मुक्त हुने अवस्था आएको छ ।

नाइकको उक्त स्मार्ट जुत्ताको नाम अनुकूल बीबी (Adapt BB) हो । यो जुत्ताको लुक्स बास्केटबल खेलाडीले लगाउने जुत्ता जस्तै रहेको छ । यो जुत्ता जब खुट्टामा लगाइन्छ तब यसको फित्ता स्वचालित रुपमा आफैं बाँधिन्छ ।

यो जुत्ताल व्यक्तिको ब्लड प्रेसर पनि मापन गरिदिन्छ । यदि तपाईं यो जुत्ता लगाएर कतै हिँडिरहनु भएको छ र तपाईंको खुट्टा सुन्निएको छ भने तपाईंको ब्लड प्रेसरको हिसाबले यो जुत्ता आफैं खुकुलो समेत बन्दछ । अर्थात् तपाईंको खुट्टाको आवश्यकता अनुसार यो आफैं सानो र ठूलो समेत बन्छ । एउटा एपबाट यो जुत्तालाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ ।

एजेन्सी