Dhulikhel Eco Banner new

रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

4.64K
shares

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ ।

गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ ।

उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ । १७,७९९ रुपैँयाको आकर्षक मुल्यमा ४ जिबि र्‍याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ ।

यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेक पछि मात्र बजारमा जान्छन् ।