जनरल इन्स्योरेन्सका ग्राहकहरुलाई मनमोहन मेमोरीयल टिचिङ हस्पिटलमा छुट
वि.सं.२०७९ साउन १५ आइतवार १७:३६
shares

काठमाडौं, १५ साउन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि। बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।















