Dhulikhel Eco Banner new

मेगा बैंकले कमायो २ अर्ब ८३ करोड नाफा

4.8K
shares

काठमाडौं, २१ साउन । मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासिकमा बैंकले खुद नाफा २ अर्ब ८३ करोड कमाएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको भन्दा नाफा २१.७८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७र२०७८ को चौथो त्रैमासिकमा २ अर्ब ३२ करोड रहेको थियो ।

सोही त्रैमासिकमा बैंकले पीएल विनियोजन र नियामक समायोजन पश्चात वितरणयोग्य नाफा र १अर्ब ६३ करोड रहेको छ । यो रकम लाभांश वितरण गर्न प्रयोग गर्न सकिन्छ।

बैंकको ग्राहकहरुको निक्षेप १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब छ भने ग्राहकलाई ऋण र अग्रिम ७।५९ प्रतिशतले बढेर चौथो क्वाटरमा १ खर्ब ४७ अर्ब पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी सोही त्रैमासिकको तुलनामा (मूल व्यवसाय आय) २.०४ प्रतिशतले बढेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ ।

त्यस्तै, यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ ।

यस अवधिसम्म बैंकको चुक्तापुँजी १० प्रतिशतले बढेर १६ अर्ब १२ करोड ४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २१.२५ प्रतिशत बढेर ६ अर्ब ८५ करोड रुपैयाँ कोषमा संचित रहेको छ । साथै बैंकको निक्षेप यस अवधिसम्म १२.१२ प्रतिशत बढेको छ भने कर्जा लगानी ७.५९ प्रतिशत बढेको छ ।