आज अन्तिम दिन अभियान लघुवित्तको आईपीओमा आवेदन दिने
वि.सं.२०७९ साउन २२ आइतवार ०९:२०
shares

काठमाडौं, २२ साउन । आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले प्रतिशेयर रू १०० अंकित मूल्यका रू ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।



















