GBIME

सबैको लघुवित्तको नाफा १२ प्रतिशतले घट्यो

996
shares

काठमाडौं, २२ साउन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १२ दशमलव ७४ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा ११ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा ९ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा पनि ११ दशमलव ६५ प्रतिशत कम अर्थात्  १३ करोड ३७ लाखभन्दा बढी भएको छ ।

३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर वितरण गरी २७ करोड चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम २२ दशमलव ७१ प्रतिशत बढेर १५ करोड ७० लाख पुगेको छ । २२ दशमलव ३० प्रतिशत बढी २ अर्ब ९४ करोड कर्जा सापटी लिएको कम्पनीले २७ प्रतिशत बढी ४ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आवमा २ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा १ दशमलव ६९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ३६ दशमलव ९५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ दशमलव १७ रहेको छ ।