सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ प्रतिशतले घट्यो
वि.सं.२०७९ साउन २२ आइतवार १८:०८
shares
काठमाडौं, २२ साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३२ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको यो नाफा ८ दशमलव ३२ प्रतिशत कम हो । अघिल्लो आव सो अवधिसम्म कम्पनीले ३५ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको जम्मा आम्दानी २ दशमलव ४४ प्रतिशत बढी ६१ करोड ८८ लाख भएको छ भने १७ दशमलव २७ प्रतिशत बढी २९ करोड ७७ लाख जम्मा खर्च भएको छ ।
१५ प्रतिशत बोनस शेयर वितरण गरी १ अर्ब २८ करोड ८० लाख चुक्तापूँजी पुर्याएको कम्पनीको जगेडा कोष रकम भने ९ दशमलव ३७ प्रतिशत कम ३१ करोड २६ लाख कायम भएको छ ।
बीमा कोष रकम अघिल्लो वर्षभन्दा गत वर्ष करिब १६ प्रतिशत बढेर १ अर्ब १६ करोड ८३ लाख कायम भएको छ । कम्पनीले गत चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा करिब ११ प्रतिशत बढी २ अर्ब ६१ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने ७ दशमलव ८१ प्रतिशत बढी १ अर्ब ३७ करोड कुल दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २४ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ २२२ दशमलव ११ रहेको छ ।



















