गरिमा क्यापिटलको कार्यालय सर्यो
वि.सं.२०७९ भदौ १ बुधवार १२:१९
shares

काठमाडौं, १ भदौ । गरिमा क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. १, हात्तिसारबाट सोही काठमाडौँ महानगरपालिका वडा नं १., कमलपोखरी स्थित (सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा सरेको छ ।
श्रावण महिना ३० गते सोमबार बाट स्थानान्तरण भई सेवा संचालन गरेको शेयरधनी तथा सरोकारवालाहरु समक्ष जानकारी गराएको हो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने छ ।
अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति शेयर रजिष्टेशन संस्थागत परामर्श सामूहिक लगानी कोष प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ । गरिमा क्यापिटलमा सम्पर्क नं. : ०१–४५२९१४९५० मा सम्पर्क राख्न सकिने छ ।



















