सिंहदरबारबाट सुरु भयो ग्यास चुल्होको विस्थापन
वि.सं.२०७९ भदौ १ बुधवार १२:४५
6.37K
shares
shares

काठमाडौं, १ भदौ । सरकारले सिंहदरबाभित्राट ग्यास चुल्हो विस्थापनको अभियान सुरु गरेको छ । अर्थमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सिंहदरबारभित्र ग्यास चुल्हो निषेध गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता ढुण्डिप्रसाद निरौलाले साउन मसान्तबाटै ग्यास चुल्हो पूर्ण रुपमा विस्थापन भएको जानकारी दिए । उनका अनुसार भदौ १ गते बुधबारदेखि सिंहदरबारभित्र रहेका मन्त्रालय तथा सबै कार्यालयहरुमा विद्युतिय चुल्होको प्रयोग सुरु गरिएको छ ।



















