Dhulikhel Eco Banner new

नोबेल एकेडेमीमा लफडा, शिक्षक घाइते

7.51K
shares

काठमाडौं, १३ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडेमीमा विद्यार्थी र शिक्षकबीच झडप भएको छ । एकडेमीको प्लस टूमा अध्ययनरत विद्यार्थी र एक शिक्षकबीच शुरुमा भनाभन भएको थियो ।

शिक्षक–विद्यार्थीबीच भएको भनाभट हात हालाहालमा पुगेको थियो । विद्यार्थीहरुको आक्रमणबाट एक शिक्षक घाइते भएका छन् । घाइते शिक्षकलाई अस्पताल लगिएको छ । घटनालाई नियन्त्रणमा लिन विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शिक्षकले विद्यार्थीलाई मेसेज पठाएको विषयमा झगडा सुरु भएको भनिए पनि विद्यालयले घटनामा संलग्न शिक्षक र विद्यार्थीको पहिचान भने खुलाएको छैन । ‘हाम्रो एक जना साथीलाई सरले मेसेज पठाउनु भएको रहेछ, त्यो मेसेज साथीको केटा साथीले देखेपछि समस्या भएको हो’ विद्यालयकी एक विद्यार्थीले नाम नबताउने शर्तमा भनिन् । ‘क’ वर्गको विद्यालय मानिने नोबेल एकेडेमी काठमाडौं प्रतिष्ठित विद्यालय हो ।