लघुवित्त कोष सम्बन्धी कार्यविधि तयार, ७० लाखले पाउने भए सहुलियत ऋण
वि.सं.२०७९ भदौ १३ सोमवार १३:२२
shares

काठमाडौं, १३ भदौ । चालु आर्थिक वर्षको बजेटमा समावेश भएको लघुवित्त प्रवद्र्धन कोष सञ्चालनमा आउने भएको छ । दु्रतमार्गबाट कोष सञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले कार्यविधि तयार समेत पारेको छ । लघुवित्त कोष सम्बन्धी कार्यविधि तत्कालै सुरु गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका थिए ।
कार्यविधिको मस्यौदा तयार भएको र केही दिनमै संशोधनसहित अन्तिम रुप दिने मन्त्रालय श्रोतले बताएको छ । श्रोतका अनुसार ६ प्रतिशत ब्याजदरमा ऋण दिने गरी कार्यविधि तयार भएको छ । यस कोष मार्फत ७० लाख नेपालीलाई उद्यमशील बनाउने सरकारी योजना रहेको छ ।
लघुवित्त कोषमा ५ खर्ब रकम जम्मा गरिनेछ । कोषमा रहेको रकम खासगरी कृषि क्षेत्र तथा अन्य स्वदेशी उत्पादनलाई बढवा दिने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी हुने कार्यविधिमा उल्लेख छ ।



















