Dhulikhel Eco Banner new

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेता मै सिमित

5.92K
shares

काठमाडौं, ३ असोज । नेपालमा आयोजना भएको छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि यस पटक नेपाली टोलिले जित्नेमा धेरैको दुइमत थिएनन् । सुरुमा भारतलाई फाफाले प्रतिबन्ध लगाएको समाचार आए पछि नै सधैको बाधक भारत सहभागि नहुने भए पछि उपाधिको दाबेदार नेपाल नै हो भन्ने सबैमा थियो ।

प्रतियोगितामा भारत सहभागि भइरहेको अवस्थामा पनि नेपालले उसलाई सेमिफाइनमा पराजित गरे पछि नेपालले उपाधी जित्ने सम्भावना अझ बढेको थियो । बलियो भारतलाई पराजित गरेको र घरेलु दर्शक माझ हुने खेलमा नेपालले आजसम्म नहारेको बंगलादेशलाई पराजित गर्नेमा खेल सुरु हुनु पूर्व सबै ढुक्क थिए ।

तर खेल सुरु भएको १४ औँ मिनेटमा नेपालले गोल खान पुग्यो । एक गोलले पछि परे पनि नेपाल खेलमा फर्किने आशा नेपाली दर्शकमा थियो । तर खेलको ४२ औँ मिनेटमा पुनः बंगाली टोलिले गोल गरे पछि नेपाली दर्शकका मनमा चिसो पसेको थियो । दुई गोलले पछि पर्दा पनि नेपाली टोली सावित्रा भण्डारी मैदान प्रवेश गरे पछि खेलमा फर्किने आसामा रहेका दर्शक खेलको अन्तिम समय तिर पुनः गोल खाँदा उपाधि विहीन हुनु परेको विगत सम्झदै रंगशाला छोड्न बाध्य भए ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले पहिलो पटक उपाधि जित्यो । बङ्ग्लादेशको जितमा स्याम सुन्हार र श्रीमोती के.सरकारले दुई गोल गरे । खेलको १४ औँ स्याम सुन्हारले गोल गर्दै अग्रता दिलाएकी थिइन् । श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा एक गोल फर्काए पनि त्यो टोलिको हार टार्न भने पर्याप्त भएनन् । योसँगै नेपाल पाँचौँ पटक उपविजेतामा सिमित हुन पुग्यो ।