Dhulikhel Eco Banner new

आज दशैँको पाँचौँ दिन, स्कन्दमाताको पुजा गरिदै

5.42K
shares

काठमाडौं, १४ असोज । आज बडा दशैँको पाँचौँ दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरमा स्कन्दमाताको पुजा आराधना गरिँदैछ । स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पुजा आराधना गर्ने गरिन्छ ।