Dhulikhel Eco Banner new

पश्चिम राप्तीमा जल सतहले खतराको तह पार गर्‍याे

5.53K
shares

काठमाडौं, १९ असोज । बाँकेको पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । नदीमा पानीको सहत खतराको तहसम्म पुगे पछि राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ ।

देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

आजदेखि तीन दिन कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।