Dhulikhel Eco Banner new

यो वर्षको दशैँ आज सकिदै, महालक्ष्मीको पूजा गरी कोजाग्रत पूर्णिमा मनाइदै

6.55K
shares

काठमाडौं, २३ असोज । हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दशैँ आजदेखि सकिदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ विधिवत रुपमा समापन हुन्छ ।

आज पनि दशैँको टीका लगाउन छुटेकाहरु बिहानै देखि मान्यजनकोमा पुगेर टीका लगाउने गर्दछन् । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति सम्पन्न भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीलगायतका स्थानमा लगेर सेलाउने गरिन्छ ।

माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ ।