Dhulikhel Eco Banner new

बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र

4.75K
shares

काठमाडौं, २६ असोज । राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन् । निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला सभापति नारायण गौडेलले बताए । उनले गठबन्धनमा सहभागी दलहरुसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको उल्लेख गरे ।

निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरिसकेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार, पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । बाँके क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका उक्त पार्टीका केन्द्रीय सचिव एवम् भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राहीको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए ।