Dhulikhel Eco Banner new

शेयर बजार घट्ने क्रम जारी, ५१ करोडको मात्र कारोबार

5.54K
shares

काठमाडौं, ३१ असोज । साताको दोस्रो काराबारको दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक २ दशमलव ६१ अंकले मात्र ओरालो लागेको छ ।

सोमबार नेप्से परिसुचक शुन्य दशमलव १४ प्रतिशतले घटेर १८५८ दशमलव ३३ विन्दुमा रोकिएको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ । आज दिनभर भएका १३ हजार ६ सय ९ कारोबारबाट २१९ कम्पनीका १६ लाख ३१ हजार ३ सय ४९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार रकम ५१ करोड ५८ लाख १८ हजार ९ सय ९० पुगेको छ ।