माई खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १३:१२
4.45K
shares
shares

काठमाडौं, ४ कात्तिक । माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्काशन गर्नका लागि गत असोज ३० गते सेबोनमा निवेदन दिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

















