Dhulikhel Eco Banner new

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

6.57K
shares

काठमाडौं, ९ कात्तिक । पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिका स्थित उक्त चोक निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ । हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफै खुल्ने र बन्द हुने प्रविधिको छ ।

अत्तरिया चोकमा ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जर्गेना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ ।

वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताए ।