Dhulikhel Eco Banner new

टि–२० विश्वकप क्रिकेट : न्यजिल्याण्ड र अफगानिस्तानले अंक बाँडे

5.66K
shares

काठमाडौं, ९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानले अंक बाँडेका छन् । अष्ट्रेलियामा जारी प्रतियोगिता अन्तर्गत यी दुई टोलि बीचको खेल बर्षाले प्रभावित भए पछि खेल रद्द भएको हो ।

उपाधिको दाबेदारका रुपमा हेरिएको न्युजिल्याण्डलाई यो नतिजाले गम्भिर धक्का पुगेको छ । यता अफगानिस्तानले पहिलो अंक बटुलेको छ । आजको पहिलो खेलमा समेत बर्षा बाधक बनेको थियो । मेलबर्न क्रिकेट मैदानमा भारी बर्षा भएपछि टस समेत नभएर खेल रद्द भएको हो ।

समूह १ मा रहेको न्युजिल्याण्ड २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान १ अंक जोडेर पुछारमा रहेको छ । यस अघि वर्षाकै कारण आयरल्याण्ड र इंग्ल्यान्डबीचको खेल प्रभावित गरेको थियो ।