Dhulikhel Eco Banner new

डोम समुदायलाई भ्याइनभ्याई

9.01K
shares

काठमाडौं, १० कात्तिक । तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका औरही नगरपालिका–६ की ६० वर्षीया तेतरीदेवी डोमिनले बताईन।

जिल्लाको विभिन्न गाउँ, शहरमा हुने भोजभत्तेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नाना थरीका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ५५ वर्षीया देवकीदेवी डोमिनले बताईन। डालो बुन्दै गरेकी जिल्लाको भङ्गहा नगरपालिकाकी ६५ वर्षीया दानादेवी डोमिनले गहभरी आँशु लिएर भनिन्, “मालिक कात्तिक लाग्ने बितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टालु टपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छौँ ।” तर वर्षभरी काम नचल्नाले फेरि केही दिनपछि दुःख थपिन्छ ।

छठ मनाउने प्रत्येक तराई बासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अध्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुडा किन्नुपर्दछ ।