Dhulikhel Eco Banner new

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद

5.38K
shares

काठमाडौं, २६ कात्तिक । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् । कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आयोजना प्रभावितलाई आईपिओ निष्काशनपछि कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपीओ निष्काशनपछि कपनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १।५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।