सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मतदान
वि.सं.२०७९ मंसिर ४ आइतवार १४:२९
shares
RSS
काठमाडौं, ४ मंसिर । आज जारी मतदानका क्रममा सिन्धुपाल्चोक जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।

















