शुभ लक्ष्मी कोषको इकाई आजबाट खरिदबिक्री गर्न सकिने
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:४३
shares

काठमाडौं, ७ मंसिर । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित शुभ लक्ष्मी कोषको इकाई मंसिर ७ गतेदेखि खरीदविक्री गर्न सकिने भएको छ ।
खुलामुखी प्रकृतिको यस योजनाको इकाई योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा मार्फत खरीविक्री गर्न सकिने छ ।
कारोबारका लागि आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउण्टर खुला रहने क्यापिटलको भनाइ छ । शुक्रवार, शनिवार तथा सार्वजनिक विदाको दिन भने योजनाको इकाई कारोबार नहुने जानकारी समेत क्यापिटलले दिएको छ ।
यस योजना सञ्चालनका लागि गत साउन १९ गतेदेखि भदौ २ गतेसम्म इकाई विक्री गरिएको थियो । प्रतिइकाई १० अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गरेको हो ।
यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलको भनाइ छ । खुद मुनाफामध्ये आवश्यकता अनुसार सञ्चित मुनाफा पुनः लगानी गरिने जानकारी समेत क्यापिटलले दिएको छ ।



















