शेयर बजारमा झिनो सुधार, कारोबार भने अर्ब पनि पुगेन
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:११
5.6K
shares
shares

काठमाडौं, ८ मंसिर । शेयर बजार आज भने सामान्य रुपमा सुधार भएको छ । साताको चौथो कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव ५६ अंकले बढेको छ ।
बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ६० प्रतिशतले वृद्धि भई १९३३ दशमलव ५५ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २ अंकले उकालो लागेको छ ।
आज दिनभर भएका १८ हजार ४ सय ९५ कारोबारबाट २३२ कम्पनीका २५ लाख ६९ हजार २ सय २९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार ३ सय ८० पुगेको छ ।

















