शेयर बजारमा गिरावट, आज ८४ करोडको मात्र कारोबार
वि.सं.२०७९ मंसिर १४ बुधवार १५:१९
shares

काठमाडौं, १४ मंसिर । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ३ दशमलव ५१ अंकले ओरालो लागेको छ । हिजो सामान्य अंकले सुधार भएको शेयर बजार आज भने ओरालो लागेको हो ।
मंगलबार नेप्से परिसुचक शुन्य दशमलव १८ प्रतिशतले घटेर १९४९ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले घटेको छ ।
आज दिनभर भएका १५ हजार ६ सय ९१ कारोबारबाट २३८ कम्पनीका २३ लाख ५५ हजार ८ सय ४५ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार ९ सय ३ पुगेको छ ।















