Dhulikhel Eco Banner new

यी हुन् आज सबैभन्दा बढी कमाउने कम्पनी

4.78K
shares

काठमाडौं, १५ मंसिर । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव २२ अंकले बढेको छ । बिहिबार नेप्से परिसुचकशुन्य दशमलव ५८ प्रतिशतले बढेर १९६१ दशमलव ०६ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८२ अंकले उकालो लागेको छ । आज दिनभ भएका २१ हजार १ सय ८६ कारोबारबाट २४१ कम्पनीका ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १ सय ८५ पुगेको छ । आज १०७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८४ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज लगानीकर्तामा उत्साह थपिएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । श्वंत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।