GBIME

कालिका पावर र मल्टीपर्पस फाइनान्सको शेयर कारोबार फुकुवा

852
shares

काठमाडौं, ११ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।

दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले पुस ७ गतेदेखि तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो ।

दुवै कम्पनीले पठाएको स्पष्टीकरणका आधारमा नेप्सेले पुस ११ गते कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

कालिका पावरले समयमै लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्न लाग्दालाग्दै पनि प्राविधिक समस्या भई समयमै अपलोड नभएको स्पष्टीकरण पेश गरेको छ ।