सुपर हेवा पावरले आईपीओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
वि.सं.२०७९ पुस २६ मंगलवार १७:३४
shares

काठमाडौं, २६ पुस । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने रु.१०० अंकित दरका रु.११,५४,३६,००० रकम बराबरको ११,५४,३६० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।
सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।















